FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफा

Read More

कुश्मा ज्ञादी झोलुंगे पुल

Read More

संक्षिप्त परिचय

कुश्मा नगरपालिकामा तपाईँहरूलाई स्वागत छ ।

गण्डकी प्रदेशको पर्वत जिल्लामा पर्ने कुश्मा नगरपालिका नेपालको प्रसिद्ध नगरहरू मध्य एक हो । यो समुन्द्र सतहबाट झण्डै ९५३ मि. माथी छ ।

कुश्मा नगरपालिका हालसालै घोषणा भएको नगरपालिका हो । यो पर्वतको सदरमुकाममा अवस्थित छ । कुश्मा नगरपालिकालाई पहिलेको पर्वतको आठ वटा गाविसहरु पाङ्ग, खुर्कोट, दुर्लुङ्ग, शिवालय, कटुवा चौपारी, पिपलटारी, पकुवा, चुवालाई समावेश  गरि मिति २०७१ साल बैशाख २५ गते गठन भएको थियो भने पछि ठुलीपोखरी,खौलालाकुरी र आर्थरडाँडाखर्क गाविस समावेश गरि मिति २०७३ साल फागुन ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ अट वडा भएको कुश्मा नगरपालिका गठन भएको हो ।

कुश्मा नगर पोखराको सदरमुकामबाट ५७ कि.मी. टाढा छ । यो नगर पश्चिममा बाग्लुङ जिल्ला र  पूर्वमा मोदी गाउँपालिकाको सिमाना संग जोडिएको छ ।

Our Location

कुश्मा नगरपालिका भिडियो डकुमेन्ट्री

सूचना तथा समाचार

Services

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि ।

२. कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ।

३. व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- .
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

२. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि ।

३. जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण ।

४. हालसालै आसपासको खरिद विक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का ।

५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिकका हकमा उमेर पुगेको आगामी चौमासिक देखि,एकल महिला/अपाङ्ग/बालबालिका/आदिवासी जनजातिको हकमा दरखास्त दिएको आगामी चौमासिक देखि,
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।

बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन.

दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी

दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।

अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- संजय लामिछाने (इन्जिनियर)
सेवा दिने कार्यालयः- प्राविधिक शाखा,कुश्मा नगरपालिका
सेवा शुल्कः- नगर परिषदको निर्णयबमोजिमको नक्शा पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-

नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि

जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।

कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति

तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि

नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

नक्सापास फाराम राजस्व प्रशासन  बाट खरिद गर्नु पर्ने गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,

फोटो ४ प्रति व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- बढीमा १ घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता

सूचना दिने मानिसको नागरिकता

सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- बढीमा १ घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता

आमाको नागरिकता

नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता

सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

अस्पतालमा भए अस्पतालको कागजात

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- बढीमा ३० मिनेट
जिम्मेवार अधिकारीः- बिक्रम चापागाई/कल्पना केशी
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय(राजस्व शाखा)
सेवा शुल्कः- नगर कार्यपालिका बाटपारित आर्थिक बिनियामवाली बमोजिम
आवश्यक कागजातहरुः-

नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र

जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा

घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र

सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,

योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्याकंन गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।

जानकारी