FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकाको मोबाइल एप्लिकेसन(Mobile Application) सार्बजनिक ।

कुश्मा नगरपालिकाले आफ्नो मोबाइल एप्लिकेसन (Mobile Application) सार्बजनिक गरेको छ । नगरपालिका का सम्पूर्ण गतिबिधि एवम जानकारी सहजै प्राप्त गर्न सकिने मोबाइल एप्स कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी ले उद्घाटन गर्नुभएको हो । मोबाइल एप्सले जनताको घर घर मा नगरपालिका पुगेको भन्दै नगर प्रमुख जोशीले अब जनतालाई घरमै बसेर नगरका गतिबिधिबारे जानकारी लिन सहज हुने बताउनु भयो । नगरपालिकाका सुचना, नगरले प्रदान गर्ने सेवा सुबिधा, बार्षिक बजेट , नीति तथा कार्यक्रम, योजना/परियोजना, वडागत सस्म्पूर्ण विवरण, कुश्मा नगर भित्रका महत्वपूर्ण स्थानहरु तथा आपतकालीन फोन नम्बरहरु समाबेश गरिएको एप्सले जनतालाई नगरपालिका को एकमुस्ट जानकारी 'एक क्लिक' प्राप्त हुने नगर प्रमुख जोशी को भनाइ थियो ।

एप्स मार्फत जनताले सिधै सुझाव एव गुनासो राख्न पाउने छन् भने, बिभिन्न समस्या हरु दर्ता गर्न सक्ने छन्  । साथै नगरपालिकामा 'जनमत' पनि समावेश गरि उनीहरुको प्रतक्ष अभिमत समावेश गरिएको छ । 

नगरपालिकाको एप्स को निर्माण, यसको संचालन र प्रभाकारीता बिषयमा कुश्मा नगरपालिकाका सुचना प्रबिधि अधिकृत राजीव रिमालले प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा कुश्मा नगर भित्रका कार्यालय प्रमुख हरु, सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा, १४ वटै वडाका वडा अध्यक्ष हरु,  पत्रकार एवम  बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको  उपस्तिथी रहेको थियो । 

सहभागी हरुले मोबाइल एप्लिकेसनमा थप गर्नुपर्ने एव परिमार्जन गर्नुपर्ने बिषयबस्तु बारे जानकारी गराएका थिए ।  

एन्ड्रोइड मोबाइल (Android Version) मा प्ले (Play Store) मा गइ 'Kushma Municipality" टाइप गरेर कुश्मा नगरपालिकाको एप्स आफ्नो मोबाइल मा डाउनलोड गर्न सकिन्छ ।

कुश्मा नगरपालिकाको मोबाइल एप्लिकेसन यहाँ क्लिक गरेर प्राप्त गर्न सकिनेछ ।