FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिका कार्यालयको नक्सापास सम्वन्धी सुचना

२०७२ साल वैसाख १२ गते गएको विनाशकारी भुकम्प पछी रोकिएको यस नगरपालिकाको नक्सापास प्रकृया निम्न वमोजिम सुचारु गराईएको सम्पुर्ण कुश्मा नगरवासीलाई जानकारी गराईन्छ । १. नयाँ वन्ने घर वनाउँदा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वनाएको वस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्वन्धी आधारभुत मापदण्ड २०७२ अनुसरण गरि वनाउनुपर्ने । २. नगरपालिकामा आंशिक रुपमा नक्सापास भएका १७ मिटर भन्दा उचाई भएका तत्कालिन भवन संहिता पालना गरेका भवनहरुलाई एक वर्ष भित्र नक्सापास प्रकृयामा आउन अनुरोध गरिन्छ । ३. नगरपालिका भित्र तत्कालिन गा.वि.स. हुँदा स्वीकृत लिई वनेका भवनहरुको अभिलेख नगरपालिकामा राख्नुपर्ने हुँदा एक वर्ष भित्र अभिलेखिकरण गर्न आउन अनुरोध गरिन्छ । साथै नगरपालिका भित्र वनाउने कुनै पनि भौतिक संरचना नगरपालिकाको स्वीकृती लिई मात्र वनाउन पर्ने, स्वीकृती नलिई वनाइएको संरचना कानुन विपरित हुने र त्यस्ता संरचना नगरपालिकाले कुनै पनि वेला भत्काउन सक्ने ब्यहोरा जानकारी गराईन्छ । त्यसैले सम्पुर्ण नगरवासीलाई भुकम्प प्रतिरोधात्मक भवनको स्वीकृती लिई मात्र भवन निर्माण गर्नहुन कुश्मा नगरपालिका हार्दिक अनुरोध गर्दछ । कुश्मा नगरपालिका कार्यालय कुश्मा, पर्वत