FAQs Complain Problems

समाचार

सम्पुर्ण कुश्मा वासी वुवाआमा, दाजुभाई तथा दिदिवहिनीहरुमा अनुरोध

सम्पुर्ण कुश्मा वासी वुवाआमा, दाजुभाई तथा दिदिवहिनीहरु

कुश्मा वजारलाई स्वच्छ, सफा र हराभरा वनाउने उद्येश्यले विगत ५ हप्ता देखि प्रत्येक शनिवार कुश्मा वजार सरफाई अभियान सञ्चालन भएको ब्यहोरा अवगत नै छ । यस अभियानमा सम्पुर्ण स्थानीयवासीको सहभागिता वढाउने उद्येश्यले शनिवारको सट्टा प्रत्येक वुधवार विहान ७ वजे देखि ९ वजे सम्म सञ्चालन गर्न लागेको ब्यहोरा अवगत गराउँदछौ । यस अभियानमा सम्पुर्ण कुश्मावासी दाजुभाई तथा दिदिवहिनीहरु, राजनितिक दलका नेता तथा कार्यकर्ताहरु, सम्पुर्ण कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरु, स्थानीय संघ संस्थाका प्रतिनिधीहरु, गैरसरकारी संस्थाका प्रनिनिधीहरु, सम्पुर्ण उद्योगी ब्यापारी लगायत सम्पुर्ण कुश्मावासी महानुभावहरुलाई भोली विहान ६.४५ वजे जिल्ला प्रशासन कार्यालयको प्राँगणमा उपस्थित भई कुश्मा वजार सरसफाई अभियानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ  साथै घर, पसल, कवलवाट उत्पादन हुने फोहोर फोहोर वोक्ने सवारीमा मात्रै फाल्नुहुन अनुरोध छ । कोही कसैले पनि सार्वजनिक स्थान, खोलाखोल्सा, चोकहरुमा फोहोर नफालिदिनुहुन कुश्मा नगरपालिका कार्यालय हार्दिक अनुरोध गर्दछ ।
कसैले पनि यस सुचनालाई वेवास्ता गरि सार्वजनिक स्थान, खोलाखोल्सा तथा चोकहरुमा फोहोर फालेको पाइएमा फोहोरमैला ऐन २०६८ अनुसार कारवाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।

 

कुश्मा नगरपालिका कार्यालय, कुश्मा पर्वत