FAQs Complain Problems

समाचार

सुचना ! सुचना !! सुचना !!!

कुश्मा नगरवासीहरुमा अनुरोध
यही मिति २०७२ साल कार्तिक १२ गते श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यूको अध्यक्षतामा वसेको सर्वपक्षिय वैठकले प्रत्येक हप्ताको  शनिवार विहान ७.०० वजेदेखि ९.०० वजेसम्म कुश्मा वजार सरसफाई अभियान सन्चालन गर्ने निर्णय गरेको हुँदा यहि मिति २०७२ मङ्सिर  ५  गते शनिवार विहान ६.४५ वजे कुश्मा वजारको शिवालय चोकमा उपस्थित भई सरसफाई अभियानमा सरिक भइदिनुहुन सम्पुर्ण राजनैतिक दलका नेता एवं कार्यकर्ताहरु, उद्योगी, ब्यापारी, सामाजिक संघसंस्था, क्लव, विद्यार्थी, शिक्षक, आमा समुह, वडा नागरिक मन्च, सामाजिक अगुवा, कर्मचारी, सुरक्षाकर्मी एवं सम्पुर्ण नगरवासीहरुमा हार्दिक अनुृरोध गरिन्छ ।