FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकाको लाेकसेवा आयोग तयारी कक्षा सम्वन्धी सुचना

कुश्मा नगरपालिकाको आ.व. २०७२।७३ को महिला लक्षित कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिकामा स्थायी बसोबास गरेका महिलाहरुका लागि लोक सेवा आयोगद्धारा लिइने खरिदार र ना.सु. सरहको प्रतियोगितात्मक परिक्षा सम्बन्धी तयारी कक्षा सञ्चालन गर्ने कार्यक्रम यही मिति २०७२ फागुन ५ देखी विहान ६ः३० बजे बाट ८ः३० बजेसम्म कुश्मा बजारमा सञ्चालन हुन गइरहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक महिलाहरुले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि, एस.एल.सी परिक्षा उत्तिर्ण गरेको लब्धांक पत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि सहित यही मिति २०७२ फागुन ३ गतेसम्ममा नगरपालिका कार्यालयमा उपस्थित भई निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ । उक्त कार्यक्रम सम्बन्धी अन्य जानकारीका लागि कुश्मा नगरपालिका कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ ।

Image: