FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकाको एकीकृत शहरी विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न ।

कुश्मा नगरपालिकाको दिर्घकालिन विकास र समृद्धीका लागी एकीकृत शहरी विकास तर्जुमा गर्ने बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा एवम कुश्मा नगरपालिकाका सम्पूर्ण वडाका अध्यक्ष हरुको उपस्थितिमा सरोकारवाला बिच कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा योजना विद डा. केदार दाहालले कुश्मा नगरपालिकाको सम्रग बिकासको आधार बिषयमा प्रस्तुति दिनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा योजना विद कृष्ण प्रसाद तिमिल्सिना एवं बाताबरण विद चन्द्रकान्त बरालले कुश्मा नगरले आगामी ५ बर्षमा कुश्माको समृद्दीका लागी तय गर्न सक्ने योजना र कार्यक्रमका बारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेकपा पर्वतका प्रतिनिथी गोविन्द पहाडी, नेपाली कांग्रेस पर्वतका सभापति खिम प्रसाद भुसाल लगायतले कुश्माको विकासका लागि यहाँका सम्भावना र अवसरलाइ आधार बनाएर अघि बढ्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुश्मा नगरको बिकासका लागि कृषी र पर्यटननै मुख्य आधार रहेको बताउदै यसलाई आधार बनाएर मुख्य २ वटा योजनाको DPR बनाएर अघि बढ्ने जानकारी गराउनु भयो ।

 

Image: 
दिर्घकालिन योजना बारेमा बोल्दै नगर प्रमुख जोशी