FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकाको दुर्लुङ क्यानोनिङ उत्कृष्ट १०० पर्यटकिय गन्तव्यको सुचिमा ।

कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा रहेको 'दुर्लुङ क्यानोनिङ्ग',केभिङ्ग र होमस्टे उत्कृष्ट १०० पर्यटकिय गन्तव्य स्थलको सुचिमा परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु मध्य पर्वत जिल्लाको कुश्मा नगरपालिकामा रहेको दुर्लुङ्ग क्यानोनिङ्ग पनि पर्न सफल भएको हो । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए ।

सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिने मन्त्रालयले जनाएको छ ।