FAQs Complain Problems

समाचार

राशन खरिद सम्वन्धी सिलवन्दी दरभाउपत्र आब्हानको सूचना

राशन खरिद सम्वन्धि शिलवन्दी दरभाउपत्र आह्वानको सूचना ।

प्रथम पटक प्रकाशित मिति २०७४/०९/१४

यस कार्यालय अन्तर्गत पर्वत जिल्ला अस्पताल कुश्मामा भर्ना भई उपचार गराउने विरामीहरुलाई २०७४ साल माघ १ गते देखि २०७५ साल पौष मसान्तसम्म १ वर्षका लागि राशन (विरामीको सिदा ) खृुवाउन शिलवन्दी दरभाउ पत्रद्धारा राशन खरिदको ठेक्का वन्दोवस्त गर्नु पर्ने भएकोले यो शिलवन्दी दरभाउ पत्र आह्वानको सूचना प्रकाशित गरिएको छ , निम्नानुसार तोकिएकोे शर्त मा रही विरामी सिदा खुवाउन  इच्छुक इजाजत प्राप्त योग्य ब्यक्ति वा फर्मले रु. १०।– को टिकट टाँसी दरभाउपत्र फाराम पेश गर्नुहुन आब्हान गरिएको छ ।

१.  दरभाउपत्र फाराम खरिद रु. १००० (फिर्ता नहुने गरि) यस कार्यालयको लेखा शाखा र को.ले.नि.का पर्वत वाट १५ औँ दिनको कार्यालय समय सम्म र सो दिन सार्वजनिक विदामा परेमा सोही दिनको भोलिपल्ट खरिद गर्न सकिने छ ।
२.  सिलवन्दी दरभाउपत्र साथ निम्न प्रमाणहरु पेश हुनुपर्ने छ ।
    – नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
    – मूल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्र प्रतिलिपी
    – चालु आ.व.को लागि करचुक्ता प्रमाणपत्र र फर्म दर्ता प्रमाणपत्रको नविकरण प्रतिलिपी
    – ब्यवसायदर्ताको प्रमाणपत्रको प्रतिलिपी
३.  दरभाउपत्र दाखिला गर्ने अन्तिम मिति र स्थानः यस कार्यालयवाट सुचना प्रकाशित भएको मितिले १६ औं दिन भित्र र सो दिन विदा पर्न गएमा कार्यालय खोलेको दिनको १२ वजे भित्र यस कार्यालयमा दर्ता गर्नुपर्नेछ ।
४.  दरभाउपत्र खोलिने मिति, समय र स्थानः   नियमानुसार कुश्मा नगर कार्यपालिकाको कार्यालयमा दर्ता भएका वोलपत्र फारामहरु लाई दर्ता गर्न पाइने अन्तिम दिनको तोकिएको समय समाप्त भए पश्चात सोही दिनको २ वजे वा कार्य ब्यस्तताले तोकिएको दरभाउपत्र खोल्न सम्भव नभएमा अर्को दिन जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र वोलपत्र दाता वा निजको प्रतिनिधीको रोहवरमा यस कार्यालयमा खोलिने छ । दरभाउपत्रदाता वा निजको प्रतिनिधी अनुपस्थित भएका पनि दरभाउपत्र खोल्न वाधा पर्ने छैन ।
५.  विरामीलाई उपलब्ध गराउने राशनको गुणस्तर प्राप्त म्याद ननाघेको हुनुपर्ने छ साथै नेपाल सरकारले तोके वमोजिमको हुनुपर्नेछ ।
६.  दरभाउपत्र अंक र अक्षरमा लेखिएको ब्यहोरा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ  ।
७.  दरभाउपत्र स्वीकृत गर्ने नगर्ने अधिकार कार्यालय प्रमुखको हुनेछ  ।
८.  नियमानुसार ठेक्का सम्झौता भए पश्चात मात्र अन्य दरभाउपत्रहरुको  जमानत फिर्ता दिइनेछ  ।
९.  राशन पर्वत जिल्ला अस्पतालमा लागी वुझाउनु पर्नेछ  ।
१०. धरौटी वापतको रकम यस कार्यालयको नेपाल वैंक लिमिटेड कुश्मा शाखामा रहेको धरौटी खाता नं. ०६६०३००००००००३ ०००००३ मा जम्मा गरेको सक्कल भौचर वा सो वरावरको मान्यता प्राप्त वाणिज्य वैंकको वैंक ग्यारेन्टी जमानत पत्र दरभाउपत्र साथ पेश गर्नुपर्नेछ साथै वैंक जमानत वोलपत्र मान्य हुने अवधी भन्दा ३० दिन वढीको हुनुपर्नेछ ।
११. एउटा फर्मको नामवाट खरिद भएको दरभाउपत्र अर्को फर्मको नामवाट पेश वा दर्ता गराउन पाइने छैन ।
१२. दरभाउपत्र साथ मौसम अनुसारको हरियो तरकारी वाहेक छुट्टाछुट्टै आइटमको छुट्टाछुट्टै गुणस्तरयुक्त म्याद ननाघेको नमुना प्याक गरी पेश गर्नुपर्नेछ ।
१३. दरभाउपत्रले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नवाझिएको र सम्वन्धित पेशा वा ब्यवसाय सम्वन्धि कसुरमा आफुले सजाय नपाएको भनी लिखित रुपमा गरेको घोषणा पत्र दरभाउपत्रसाथ संलग्न राखि पेश गर्नुपर्नेछ ।
१४. अन्य कुराहरु प्रचलित कानुनमा ब्यवस्था भए वमोजिम हुनेछ ।
१५. अन्य जानकारीको लागि कार्यालय समयभित्र यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

सि.नं.
ठेक्का नं. 
कामको विवरण
कुल ल.ई. रकम भ्याट र कन्टिन्जेन्सी वाहेक
 दरभाउपत्र खरिद दस्तुर रु. मा
 धरौटी रकम


१-२०७४/०७५
 राशन आपुर्ति
रु. ३,१७,५८०।–
 रु. १०००।– 
रु. १०७७०।–

कार्यालयद्धारा जारी गरिएको सुचना प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस ।