FAQs Complain Problems

समाचार

कुश्मा नगरपालिकाका नव निर्वाचित नगर प्रमुख रामचन्द्र जोशी ज्यु द्वारा पदभार ग्रहण ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कुश्मा नगरपालिकामा दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएका यस नगरपालिकाका संस्थापक नगर प्रमुख रामचन्द्र जोशी ज्युले आज पदभार ग्रहण गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत माननीय न्यायाधीस ज्यु बाट सपथ ग्रहण गरे संगै पदभार ग्रहण गर्नुभएको थियो ।

पदभार ग्रहण गरेसंगै नगर प्रमुख जोशी ज्युले आगामी कार्यकालमा

१.नगरका सम्पुर्ण वडा सम्म पुग्ने बाटोहरु कालोपत्रे गरि नगरको एकीकृत सडक सन्जाल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

२. अघिल्लो आ.व मा DPR निर्माण गरिएको कुश्मा नगरपालिकाको सुविधा सम्पन्न आधुनिक प्रशासकीय भवन साथै १४ वटै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवनहरु निर्माण गरि संस्थागत सुशासन र सेवा प्रवाहमा कुश्मा नगरपालिकालाई अब्बल नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

३. शिक्षा, स्वास्थ, खानेपानी, फोहोरमैला व्यवस्थापन, सुशासन, पुर्वाधार विकास र प्रविधिको विकास मार्फत "समृद्ध सुन्दर कुश्मा नगर" को बृहत्तर योजना सफल बनाउदै बिभिन्न सुचकहरुमा कुश्मा नगरलाई सक्षम बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमान सिंह गुरुङ लगायत नगरपालिकाका सम्पुर्ण कर्मचारी बाट प्रमुख जोशीलाई पुष्प गुच्छाले स्वागत गरिएको थियो ।

कुश्मा नगरपालिकाको तर्फबाट नव निर्वाचित नगर प्रमुख रामचन्द्र जोशी लगायत उप-प्रमुख एव नगर सभा सदस्यलाई कुश्मा नगरपालिकामा हार्दिक स्वागत सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

आगामी २०७९ बैशाख ९ गते मंगलबार नव निर्वाचित उप-प्रमुख ज्यु लगायत सम्पुर्ण वडा अध्यक्ष एव सदस्यहरुको सपथ ग्रहण कार्यक्रम रहेको छ ।

Image: