कुश्मा नगरपालिकाको नगरसभाको १२ औं अधिबेशन २०८२ असार १० गते सम्पन्न भएकोछ। नगरसभाले आगामी आ.व. २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम एवं आ.व. २०८२/०८३ को आय-व्ययको अनुमानित विवरण सर्वसम्मतले पारित गरेको छ।
News
Photo Gallery
कुश्मा नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनका झलकहरु ।
कुश्मा नगरपालिकाको प्रशासकीय भवनको सिलान्यास कार्यक्रम
मिति २०८१/०८/२७ गते कुश्मा नगर कार्यपालिकाको कार्यालयको निर्माणाधिन प्रमुख प्रशासकीय भवनको कुश्मा नगरपालिकाका नगर प्रमुख श्री रामचन्द्र जोशीज्यू को करकलमबाट विधिवत् रूपमा शिलान्यास कार्य सम्पन्न भयो। सो अवसरमा जिल्ला समन्वय समितिका उप-प्रमुख,जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, नगर उप-प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, कुश्मा नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कुश्मा नगरपालिकाका भूतपूर्व पूर्व जन प्रतिनिधिहरू, कर्मचारी, पत्रकार एवं स्थानीयको उपस्थिति रहेको थियो।
विजया दशमी तथा शुभ-दिपावली २०८१को शुभकामना !
कुश्मा नगरपालिकाको बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न
मिति २०८१/०४/२४ गते का दिन कुश्मा नगरपालिकाका नगर प्रमुख श्री रामचन्द्र जोशीको अध्यक्षतामा नगर उप-प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य लगायत कुश्मा नगरपालिकामा कार्यरत कर्मचारीहरुको उपस्तिथीमा आर्थीक बर्ष २०८०/०८१ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
कुश्मा नगरपालिकाको नगरसभाको ११ औं अधिवेशनका झलकहरु ।
कुश्मा नगरपालिकाको नगरसभाको ११ औं अधिबेशन २०८१ असार ७ गते सम्पन्न भएकोछ। नगरसभाले आगामी आ.व. २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम एवं आ.व. २०८१/०८२ को आय-व्ययको अनुमानित विवरण सर्वसम्मतले पारित गरेको छ।
बजेट वक्तव्यको लिंकः
https://kushmamun.gov.np/ne/content/%E0%A4%83budget2081082
नीति तथा कार्यक्रमको लिंकः
https://kushmamun.gov.np/ne/content/081-082nitiTathaKaryakaram