FAQs Complain Problems

News

कुश्मा नगरपालिकाको छुट्टै बृहत पोर्टल( Digital Municipal Portal) बन्ने

अब कुश्मा नगरपालिकाको छुट्टै बृहत पोर्टल बन्ने भएको छ ।

कुश्मा नगरपालिकाको भौगोलिक वितरण, प्राकृतिक बिभाजन, जनसंख्या विवरण एवम नगरभित्र बसोबास गर्ने नागरिकको बिस्तृत विवरण सहित नगरको शिक्षा, स्वास्थ, कृषी, वन, पर्यटन, खेलकुद, र अन्य विवरण समावेश गरिएको एउटा बृहत नगर प्रोफाइल( Digital Portal system of Kushma Municipality) निर्माणको लागि सम्झौता सम्पन्न भइ पहिलो चरणको प्रशानावाली (Questionnaire) एव अन्य बिबिध विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मा नगर प्रमुख रामचन्द्र जोशीले नगरपालिकाले प्रविधिको प्रयोग मार्फत समृद्ध नगर निर्माणमा लागिरहेको जानकारी दिनुभयो

उहाले भन्नुभयो

"प्रोफाइल मार्फत नगरबासी जनता एवम सरोकारवाला सम्पूर्णले नगरको एकमुस्ट विवरण सहजै लिन सक्ने र नगरपालिकाको विकास र योजनाका बारेमा Single Portal मार्फत जानकारी प्राप्त हुने भएकोले Digital Portal निर्माण गर्नु महत्वपूर्ण देखिएको छ ।"

त्यस्तै उप-प्रमुख सिता काफ्ले लामिछानेले नगरपालिकाले सेवा प्रवाह र विकास गतिबिधिलाई नागरिक मैत्री बनाउन Portal कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशाकसीय अधिकृत कुमान सिंह गुरुङ द्वारा Portal का विषयमा थप जानकारी दिदै प्रविधिको प्रयोग एवम उपयोग मार्फत Digital Literacy मा बढावा आई आम नागरिकको जीवनशैलीमै परिवर्तन गर्न सघाउ पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

आम नागरिकको सम्पूर्ण अध्यावधिक विवरण सहजै प्राप्त गर्न सकिने, राजश्व, तिरो तथा अन्य कर तिर्न मोबाईल एप्लिकेसन मार्फत नै सकिने, प्रत्येक नागरिकको आफ्नै परिचय पत्र निर्माण हुने (Digital ID Card) साथै साना तथा लघु उधमलाई Digital Marketing मार्फत बजार सम्म जोड्न सकिने लगयातका अन्य सुविधा सहित नगर पोर्टल निर्माण गर्न लागिएको छ ।

जसको प्रयोग गरि नगरको तत्कालिन र दिर्घकालिन योजना छनौट एवम निर्माण तथा बजेट विनियोजनमा ठुलो सहयोग पुग्ने र सार्वजनिक सेवा प्रवाहलाइ प्रविधि संगै जोडी छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन सकिने छ ।

अन्तरक्रिया कार्यक्रममा कुश्मा नगरपालिकाका कार्यपालिका सदस्यहरु, शाखा प्रमुख एवम अन्य सरोकारवाला संघ संस्थाका प्रतितिनिधिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन कुश्मा नगरपालिकाका सूचना प्रविधि अधिकृत ई.राजीव रिमालले गर्नुभएको थियो ।

Image: