FAQs Complain Problems

News

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कुश्मा नगरपालिकामा २ दिवसिय कार्यक्रम सम्पन्न ।

 

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर कुश्मा नगरपालिकाले २ दिवसिय कार्यक्रम सम्पन्न गरेको छ ।

पहिलो दिन फाल्गुन २३ गते "महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार" विषयक बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ भने दोश्रो दिन फाल्गुन २४ भव्य र सभ्य प्रभातफेरी तथा मुल-समारोह कार्यक्रममा भएको छ ।

प्रभातफेरी कार्यक्रम पश्चात सम्पन्न भएको मूल उक्त समारोहमा कार्यक्रमका प्रमुख अतिथी एवम नगर प्रमुख रामचन्द्र जोशीले महिलाहरु अधिकार र अवसरमा सचेत भएसंगै उधमशील र स्वावलम्बी हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उप-प्रमुख एवम कार्यक्रमका सभापति सिता काफ्ले लामीछानेले महिलाको सिर्जनात्मक र सकारात्मक उर्जालेनै घर देखि समुदाय हुदैँ समग्र राष्ट्रको नेतृत्वमा महिलाहरु सफल र अब्बल भएको बताउनुभयो । कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, वडा अध्यक्ष्यहरु लगयात सम्पूर्ण कार्यालयका प्रमुख साथै बिभिन्र नजनिती दल, उधोगी व्यवसायी, कर्मचारी, पत्रकार, संघ संस्थाका प्रतिनिधि एव महिला समुहहरुको उपस्थिति रहेको थियो । समारोहमा बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी भाइबहिनीहरु एवं प्रभातफेरीमा उत्कृष्ट हुने समूह/संस्थालाई नगद एवं प्रमाणपत्र द्वारा सम्मान द्वारा सम्मान गरिएको थियो ।

कुश्मा नगरपालिकाका कर्मचारी एवम विभिन्न महिला आमा समुहहरु प्रभातफेरीमा सहभागी हुँदै नगरपालिका कार्यालय बाट कुश्मा बजार परिक्रमा पश्चात युनिभर्सल पार्टी प्यालेसमा पुगी मुल समारोहमा परिणत भएको थियो ।

Image: