FAQs Complain Problems

News

कुश्मा नगरपालिका १० मा बाह्य खोप केन्द्रको उद्घाटन सम्पन्न ।

कुश्मा नगरपालिका वडा नं.१० पिपलटारी स्थित गहतेपोखरा मा बाह्य खोप केन्द्रको उद्घाटन भएको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी द्वारा बच्चालाई पोलियो थोपा ख्वाई बाह्य खोपकेन्द्र भवन, गहते को उद्घाटन गर्नुभएको थियो । उक्त भवनबाट गाउँघर क्लिनिक समेत संचालन गरिने र यसलाई शहरी स्वास्थ केन्द्रको रुपमा इकस गर्न सकेमा यहाँबाट निरन्तर स्वस्थ सेवा उपलब्ध गराउन सकिने स्वस्थ चौकी इन्चार्ज प्रदिप श्रेष्ठले बताउनु भयो । यस भवनबात साविक पिपलटारी गा.वि.स करिव २५०० सेवाग्राही सेवाग्राही हरु लाभान्वित हुने कुश्मा नगरपालिका १० का सचिव हेमराज ढकालले जानकारी दिनुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालय बाट रु 3 लाख लाख रुपैया को सहयोगमा भवन निर्माण गरिएको हो । भवन उद्घाटन कार्यक्रममा कुश्मा नगरपालिकाका उप-प्रमुख सिता कुमारी काफ्ले लामिछाने । जनस्वास्थ अधिकृत उमाकान्त सापकोटा,नगरपालिकाका लेखा अधिकृत कृष्ण प्रसाद शर्मा लागायतको उपस्थिति रहेको थियो ।

Image: 
बाह्य खोप केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख रामचन्द्र जोशी