FAQs Complain Problems

News

कुश्मा नगरपालिका वडा नं ६ मार्फत अनलाइन घटना दर्ता शुभारम्भ ।

कुश्मा नगरपालिका वडा नं ६ कार्यालयबाट आजबाट  औपचारिक रुपमा अनलाइन घटना दर्ता कार्यक्रम सुरुवात भएको छ । यस सङ्गै कुश्मा नगरपालिकाका १४ वडा मध्ये हाल सम्म ५ वटा वडामा Online घटना दर्ता संचालन भइरहेको छ । 
चालू आर्थिक बर्षमा  सम्पुर्ण वडा बाट online घट्ना दर्ता संचालन गर्ने लक्ष्य लिइएको छ । 

पहिलो Online घट्ना दर्ता हुनुहुने कुश्मा नगरपालिका वडा नं ६ का आयुश गिरि लाई कुश्मा नगरपालिका वडा नं ६ का वडाध्यक्ष रुद्र गिरि ज्यु एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी ज्यु मार्फत संयुक्त रुपमा प्रमाणपत्र  प्रदान गरिएको थियो  । 
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी ज्युले    नागरिक लक्षित सेवा हरु Digital बनाउने र अधिकतम सार्वजनिक सेवालाई online प्रविधि मार्फत लैजाने राज्यको नीति बमोजिम कुश्मा नगरपालिकाले आफ्ना सेवाहरु डिजिटाइज्ड गर्दै लैजाने गरि कार्यक्रमहरु अगाडि बढाउने बताउनुभएको थियो । 
कार्यक्रममा वडाध्यक्ष रुद्र गिरि ज्यु मार्फत वडा कार्यलयका सेवाहरु प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका समाजिक विकास शाखा प्रमुख डिलकुमारी शर्मा, नगरपालिकाका IT Officer राजीव रिमाल, समाजिक विकास शाखाका देवी पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Image: