FAQs Complain Problems

News

कुश्मा नगरपालिका वडा नं ५ कार्यालयमाअनलाइन घटना दर्ता कार्यक्रम सुरुवात

कुश्मा नगरपालिका वडा नं ५ कार्यालयमा आजबाट औपचारिक रुपमा अनलाइन घटना दर्ता कार्यक्रम सुरुवात भएको छ । यस सङ्गै कुश्मा नगरपालिकाका १४ वडा मध्ये हाल सम्म ७ वटा वडामा Online घटना दर्ता संचालन भइरहेको छ ।

चालू आर्थिक बर्षमा सम्पुर्ण वडा बाट online घट्ना दर्ता संचालन गर्ने लक्ष्य लिइएको छ ।

पहिलो Online घट्ना दर्ता हुनुहुने कुश्मा नगरपालिका वडा नं ५ का स्पन्दन श्रेष्ठ लाई कुश्मा नगरपालिकाका नगर-प्रमुख श्री रामचन्द्र जोशी ज्यू मार्फत प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख जोशीले online मार्फत घटना दर्ता कार्यक्रम सुरुवात गरेकोमा वडा नं ५ कार्यालयलाई बधाई व्यक्त गर्दै समयको माग संगै प्रविधिको प्रयोगलाई आत्मसाथ गर्न सके मात्र वास्तविक विकासको अनुभूत गर्न सकिने धारणा व्यक्त गर्नुभयो । नागरिक मैत्री सेवाहरु प्रविधि मार्फत प्रवाह गर्न सके सुशासन प्रवद्धन हुने उहाँको विश्वास थियो ।

कार्यकमको उदेश्य माथि प्रकाश पार्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री हरि पंगेनी ज्यु ले सूचना प्रविधि नीतिले अबलम्बन गरेको नीति बमोजिम नागरिक लक्षित सेवाहरुलाई अनलाईन प्रविधि मार्फत प्रदान गरि शासन विकास र सेवा प्रवाहमा नागरिकको पंहुच सरल सहज र झन्झट मुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । चालु आ.व मा नगरपालिकाका सबै वडाबाट अनलाईन घटना दर्ता संचालन गरिने र यहि आर्थिक बर्ष बाट नगरपालिकाको बृहत Digital नगर पोर्टल निर्माण गरि सम्पूर्ण विवरण एकीकृत र Digitized गर्ने गरि काम अगाडी बढाईएको जानकारी दिनुभयो ।

कार्मक्रममा बोल्दै वडाध्यक्ष चित्रकला भारती शर्माले वडा कार्यलयका सेवाहरु प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वडा सदस्यहरु, कुश्मा नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, IT Officer ई. राजीव रिमाल, सामाजिक विकास शाखाका देवी पौडेल MIS operator ज्यानिस शर्मा, देवेन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन वडा सचिव निल बहादुर भण्डारीले गर्नुभएको थियो ।

Image: