FAQs Complain Problems

News

कुश्मा नगरपालिकाको ५ औँ नगरसभा सफलतापुर्वक सम्पन्न ।

कुस्मा नगरपालिकाको ५ औँ नगरसभा सम्पन्न भएको छ .‍। नगर सभाले बिगत देखि बाँकि रहेका केहि महत्वपूर्ण काम हरु सफलता पुर्वक टुंगाएको छ ।

२०७६ फाल्गुण २१ गते सम्पन्न नगरसभाले न्यायिक समिति, विधायन समिति र लेखा समिति गठन गर्दै अन्य महत्वपूर्ण समिति हरु पनि गठन गरेको छ ।

न्यायिक समितिमा नगर उप प्रमुख सीता काफ्ले लामिछाने ज्युको संयोजकत्वमा सदस्य द्वय देवेन्द्र नेपाली ज्यु र  तेज प्रसाद पाध्या ज्यु ,लेखा समितिमा संयोजक शान्त पौडेल ज्यु र सदस्य हरुमा उत्तम ढकाल ज्यु र  कालीभक्त शर्मा ज्यु , विधायन समितिमा सुवासचन्द्र पौडेल ज्यूको संयोजकत्वमा दुईजना सदस्यहरु कल्पना तिमिल्सिना ज्यु र बिरेन्द्र रिजाल ज्यु  रहने गरि समिति गठन गरेको हो ।

 त्यस्तै अन्य बिषयगत समितिहरु पनि गठन भएका छन ।

  1.  शिक्षा विकास  समिति संयोजक देवेन्द्र प्रसाद सुवेदी ज्यु ,
  2. खानेपानि तथा सिचाई विकास समिति संयोजक यदुनाथ बास्तोला ज्यु ,
  3. महिला विकास समिति संयोजक मिना कर्माचार्य ज्यु ,
  4. संथागत सुशासन तथा सेवा प्रवाह समिति संयोजक चित्रकला शर्मा भारती ज्यु र सदस्य द्वय होमनाथ रिमाल र  बिष्णु शर्मा ज्यु ,
  5. फोहोरमैला ब्यवस्थापन समिति संयोजक रुद्र गिरी ज्यु ,  
  6. सुवासचन्द्र पौडल ज्यूको संयोजकत्वमा कृषि पशु तथा पर्यटन विकास समिति ,
  7. पुर्वाधार विकास समिति संयोजक राजकुमार क्षेत्री ज्यु,
  8. जेष्ठ नागरिक अपाङ्ग तथा समाज कल्याण समिति संयोजक कृष्णप्रसाद लामिछाने ज्यु,
  9. खेलकुद विकास समिति संयोजक सुजन वि.क. ज्यु,
  10. सामाजिक विकास समिति संयोजक शिव पौडेल ज्यु,
  11. आर्थिक विकास समिति संयोजक राजेन्द्र पौडेल ज्यु,
  12. बालबालिका विकास समिति संयोजक जंघ बहादुर के.सी. ज्यु ,
  13. वन तथा वातावरण विकास समिति संयोजक भिम प्रसाद गुरुङ ज्यु

पाँचौ नगर सभा सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका खेल्नुहुने नगर प्रमुख,उप प्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधि ज्युहरु ,नागरिक समाज , राजनितीक दलहरुऽ सम्पूर्ण नगरप्रेमी सबै नागरिक तथा सम्पूर्ण पत्रकार जगत तथा सम्पुर्ण विषयगत शाखाका प्रमुख लगायत सम्पूर्ण कर्मचारी ज्युहरु,लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ साथै   जिम्मेवारी पाउनुहुने सम्पूर्ण सदस्य ज्यूहरुमा  हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

            -हरि पंगेनी ,

    प्रमुख प्रशासकीय अधिकृत

एवम सम्पूर्ण कुश्मा नगरपालिका परिवार,कुश्मा पर्वत ।

Image: