FAQs Complain Problems

News

कुश्मा नगरपालिकाको फोहोरमैलाको दिगो र सुरक्षित ब्यबस्थापन किन र कसरि बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुश्मा नगरपालिका को आयोजना र सेक्रेड नेपालको सहजीकरणमा सरोकारवाला हरु बिच कुश्मा नगरपालिका को फोहोरमैला को दिर्घकालिन समाधानका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपलिका भित्र दैनिक उत्पादन हुने फोहोर को बर्गिकरण गरि ल्याण्ड फिल्ड साइड रहित फोहोरमैला ब्यबस्थापन केन्द्र स्थापना गर्ने कुश्मा नगरपालिका संग फोहोरमैला ब्यबस्थापनमा सहजीकरण गर्दै आइरहेको सेक्रेड नेपालका संस्थापक टिकाराम भुसालले बताउनु भयो । कुश्मा नगरपालिका का प्रमुख रामचन्द्र जोशी ले फोहोर मैला को दिर्घकालिन समाधान गर्न नगरपालिकाले ठोस कदम चल्ने बताउनु भयो । कार्यक्रम को औचित्य माथि प्रस्ट पार्दै कुश्मा नगरपलिकाका प्रमुख प्रसासकिय अधिकृत सुवास कुमार लामिछानेले नगरपालिकाले आगमि आर्थिक बर्षमा फोहोर मैला लगायत अन्य बिषयमा प्रभाकारी कार्यक्रम गर्दै जनताले महसुस गर्ने गरि काम गर्ने जानकारी दिनुभयो । 

Image: