FAQs Complain Problems

News

जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रम सम्पन्न ।

कुश्मा नगरपालिका सामाजिक विकाश शाखाको आयोजनामा कु.न.पा ३ दुर्लुंगमा जेष्ठ नागरिक परिचय पत्र बितरण गरिएको छ । वडा नं ३ का वडा अध्यक्ष तेज प्रसाद पाध्याले ८३ बर्षिय बीबी सुनारलाइ जेष्ठ नागरिक परिचय पत्र वितरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रम बाट वडा नं.३ का ११० जेष्ठ नागरिक लाइ परिचय पत्र बितरण गरिएको थियो । कार्यक्रम कुश्मा नगरपालिकाका महिला विकास अधिकृत डिल कुमारी शर्मा लगयतको उपस्थिति रहेको थियो । सवै वडामा परिचय पत्र वितरण गरिने अभियान अन्तर्गत वडा नं.३ बाट कार्यक्रम शुभारम्भ गरिएको कुश्मा नगरपालिका सामाजिक शाखा प्रमुख याम शर्मा पौडेल ले जानकारी दिनु भयो ।