FAQs Complain Problems

समाचार

योजना तथा कार्यक्रम सम्झौता गर्दा चाहिने कागजात के के हुन् र यसको प्रक्रिया के हो ?

१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन ।

२. स्वीकृत लागत अनुमान।

३. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस ।

४. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि ।

५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि ।

६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।

७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव ।